रोशी कपको उपाधी वडा नं. ९ ‘सि’ लाई

नौलो समाचार संवाददाता
२०८० कार्तिक ११, शनिबार मा प्रकाशित ८३१ पटक पढिएको
रोशी कपको उपाधी वडा नं. ९ ‘सि’ लाई

रोशी \ ‘रोशी कप २०८०’ फूटबल प्रतियोगिताको उपाधी वडा नं ९ ‘सि’ ले जितेको छ ।

बडा दशैंको अबसरमा कार्तिक ३ गतेबाट शुरु गरिएको वडास्तरीय प्रतियोगितामा वडा नं ७ को टिमलाई १–० ले हराउँदै वडा नं ९ ‘सि’ले उपाधी जितेको हो ।

रोशी गाउँपालिकाको आर्थिक सहयोगमा पिन्थली युवा क्लवले आयोजना गरेको प्रतियोगितामा वडा नं. ९ को ‘बी’ टिमलाई ३–१ गोलले पराजित गर्दै वडा नं. २ तेस्रो भएको छ । प्रतियोगितामा ८ टिम सहभागी थिए ।

बेष्ट प्लेयर विशाल लामा, बेष्ट गोलकिपर सरोज लामा र सर्वाधिक गोलकर्ता सुरजज्यू ठकुरी घोषित भए ।

विजयी टिम र खेलाडीलाई प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइवा, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, वडा नं. ७ का वडाध्यक्ष अशोक गौतम लगायतले शिल्ड, मेडल, नगद र प्रमाणपत्र वितरण गरे । प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले ३० हजार नगद जितेका छन् ।

पिन्थली युवा क्लवका अध्यक्ष राजकुमार लामाको सभापतित्वमा भएको प्रतियोगिताको उद्धघाटन बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले उद्धघाटन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस