रोशीमा मैत्रीपूर्ण फूटबल खेलमा प्रहरीलाई सफलता

नौलो समाचार संवाददाता
२०८० कार्तिक २४, शुक्रबार मा प्रकाशित ३९ पटक पढिएको
रोशीमा मैत्रीपूर्ण फूटबल खेलमा प्रहरीलाई सफलता

रोशी \ रोशी गाउँपालिकाका कर्मचारी र इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरीहरुबीच भएको मैत्रीपूर्ण फूटबल प्रतियोगितामा प्रहरीको टिमले सफलता हासिल गरेको छ ।

शुक्रबार रोशी गाउँपालिका–५ पोटाखोला दोभानको खेलमैदानमा भएको खेलमा २–१ गोल अन्तरले प्रहरीले सफलता हासिल गरेको हो । ६० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि अत्तिरिक्त ७ मिनेटको समयमा प्रहरीले एक गोल थप गरेको थियो ।

जिल्ला समन्वय समिति काभ्रेका उप–प्रमुख रिमबहादुर तामाङ, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइबा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, रोशी–७ का वडाध्यक्ष अशोक गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष इश्वरी ओझा, इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख रहेका प्रहरी निरीक्षक पञ्चलाल गोले लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस